विराटनगर : कोरोना भाईरसको जोखिम न्युनिकरणमा सहयोग पुगोस भन्ने उद्धेश्यले विराटनगरमा निर्माणाधिन होल्डिगं सेन्टर यथासक्दो चाडो निर्माण सम्पन्न गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।
नेपालमा पनि कोरोना भाईरसको तेस्रो लहर देखा परिसकेको र संक्रमितको संख्या समेत दिनप्रतिदिन बढी रहेको तर्फ मध्यनजर गर्दै निर्माणाधिन होल्डिगं सेन्टर चाडो निर्माण सम्पन्न गर्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले निर्देशन दिएका हुन ।
कोरोना संक्रमितहरुको संख्या बढी रहेको समयमा प्रदेश नम्बर १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको टोलीले विराटनगर १६मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन निरिक्षण गर्ने क्रममा मन्त्री कार्कीले होल्डिगं सेन्टर चार दिन भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन । सङ्क्रमण बढिरहेको भन्दै मन्त्री कार्कीले सीमा नाकामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल एक सय बेडलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।
विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर गत असार महिना देखि नेपाली सेनाले निर्माण गर्दै आएको छ । एक महिना भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष साथ काम गरिरहेका होल्डिगं सेन्टरमा तत्कालका एक सय बेड तयार गर्न भनिएको हो । नेपाली सेनाको कालीशक्ति गणले निर्माण गर्दै आएको होल्डिगं सेन्टर तत्कालका लागि एक सय बेड तोकिएको समयमा निर्माण गर्न सकिने तर पानी र विद्युतको व्यवस्था पनि तत्काल गरि दिन आग्रह गरेको छ । सिमा नाकामा कडाईका साथ निगरानी राख्न समेत टोलीले सम्वन्धित निकायलाई निर्देशन दिएको छ । मुख्यमन्त्री राईले कोरोना रोकथाम र न्युनिकरणका लागि कुनै कसर बाँकी नराखि प्रदेश सरकारले काम गर्ने वताए । उनले खोपलाई पनि अभियानलाई पनि वढाउदै लैजाने समेत जानकारी दिए ।
होल्डिगं सेन्टर तथा सिमा नाकाको अनुगमन तथा निरिक्षण टोलीमा सामाजिक विकास मन्त्री जयराम यादव लगायतको सहभागिता रहेको थियो ।




















