इटहरी । पुराण चोक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड इटहरीको  ९औं वार्षिक साधारण सभाको अवसर पारेर  विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

   सहकारीका अध्यक्ष हरि खतिवडाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष वालकृष्ण विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ नागरिक सहित विभिन्न विद्यामा सम्मान गरेको हो ।IMG_0233

  पुराण चोक दुग्घ सहकारीलाई धेरै दुध विक्री गर्न सफल गंगादेवी राउत , धेरै दुध खरिद गर्ने निराजन समशेर राणा, मुकुन्द दाहाल , गुणस्तर दुध दिने र नियमित दुध सहकारीलाई दिने  धर्म सुन्दर कार्की र भवानी प्रसाद आचार्य लाई सम्मान गरिएयो ।IMG_0245 त्यसै गरी जेष्ठ नागरिकहरु देवीमाया कार्की र धनबहादुर काफ्लेलाई समेत सम्मान गरिएको व्यवस्थापक राजन भट्टराईले जानकारी दिए  ।

  वार्षिक साधारण सभामा लेखा समितिको तर्फबाट संयोजक डम्बर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सहकारीमा १सय ४८ जना महिला तथा ६५जना पुरुष शेयर सदस्य रहेको र शेयर पुँजी १४लाख ४५हजार ४सय कर्जा लगानी तर्फ २१लाख १५हजार र निक्षेप तर्फ ७लाख ९३हजार ५सय ६७ रुपैया रहेको उल्लेख गरिएको छ । IMG_0229

वार्षिक साधारण सभामा कामधेनु दुग्ध सहकारी संस्थाका ब्यवस्थापक पर्शुराम कार्की इटहरी उपमहानगरका पशुपंक्षी शाखाका नारायण प्रसाद रिजाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।