उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका र राष्ट्रिय भुमी आयोग विच धनीपुर्जा वितरण तथा नापी सम्वधी समझौता समपन्न् भएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन र जग्गा नापजाँच सम्बन्धी समझौता समपन्न् भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए ।

पालिकाले भुमि आयोगका अध्यक्ष केशव निरौला, भुमी व्यावस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठ र मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेको उपस्थितीमा समझौता समपन्न् भएको हो ।

समझौता पश्चात मेयर फागोले माघ महिना देखी नै आयोगले तोकेका भुमीहिन हरुलाई धनिपुर्जा वितरणको प्रक्रियामा नगरपालिका लागि पर्ने प्रतिक्रिया दिए ।

भुमिहिन सम्वधी ऐन २०२१ को समसोधित रुप अनुसार गठित भएको आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सम्बोधन गर्ने गरी मोरङको उर्लाबारी सहित देशभरका ६८ वटा पालिकाहरूले समझौता सम्पन्न् गरेका छन् ।

मोरङमा उर्लाबारी सहित कानेपोखरी गाउपालिका, पथरीशनिश्चरे नगरपालिका, बुढिगगा गाउपालिका, सुन्दरहरैचा नगरपालिका, रतुवामाई नगरपालिका रहेका छन् । 

यस्तै भुमि आयोगका अध्यक्ष केशव निरौलाका अनुसार अघिल्लो आयोगले भराएका फर्महरुलाई निरन्तरता दिदै केही छुटेका हरुलाई अर्को सुचना प्रकाशन गरेर आव्हान गर्ने बताए ।

साथै उनले अघिल्लो आयोगले गरेका कार्यहरुलाई निरन्तर रुपमा गठित आयोगले अगाडी बढाउने भन्दै माघ पहिलो साता देखी नै आयोग भुहिनहरुलाई धनिपुर्जा वितरण गर्ने तयारीका साथ लागेको बताए ।