इटहरी । स्थानिय भवन निर्माण व्यवसायी संघको १० औँ साधारणसभा सम्पन्न भएको छ ।

पुष्पनारायण चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उघोग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाले २१ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नयाँ कार्यसमितिमा पुष्पनारायण चौधरी पुनः नेतृत्वमा चयन भएका छन् ।IMG_0095

त्यस्तै उपाध्यक्षमा गोपाल विष्ट, सचिवमा मनोज चौधरी, सहसचिवमा राजेश चौधरी चयन भएका छन् । त्यस्तै कोषाध्यक्ष भिम लिम्बु, सदस्यहरुमा अमसुल मिया, विन्देश्वर दास, चन्दन चौधरी, खगेन्द्र राई लगायतका चयन भएका छन् ।IMG_0106

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले निमार्ण व्यवसायी बिना देश विकासको सम्भावना नै नहुने र निमार्ण व्यवसायी देशको मेरुदण्डको रुपमा रहेको बताउदै निमार्ण व्यवसायीको योगदान अतुलनिय रहेको बताए ।

कार्यक्रममा दिपेश आचार्य,टेकमणी नेपाल लगायत निमार्ण व्यवसाय निमार्ण व्यवसायी संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।