इटहरी । इटहरी क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको इटहरी लेडी जेसीजको २० औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार इटहरीको लायन्स क्लबमा आयोजीत एक कार्यक्रमकाबीच पदहस्तान्तरण तथा पुरस्कार वितरण गरिएको हो ।
सन् २०२१ का अध्यक्ष गिता सुवेदीको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सन् २०२२ का लागि दुर्गा खड्का आचार्यको नेतृत्वमा नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरिएको हो । 
कार्यकारिणी उपाध्यक्षमा लक्ष्मी बराल र अन्जना खतिवडा त्यस्तै उपाध्यक्षमा रजिना तिम्सिना, माला धिताल, सुनिता दाहाल, सानु राई छन् ।
महासचिव सुमित्रा भट्टराई, सचिवमा रिता राउत, कोषाध्यक्ष इन्दिरा काफ्ले, कानुनी सल्लाहकार सुनिता कार्की र जनसम्पर्क अधिकारी चन्द्रकला गुरुङलगायतलाई पदहस्तान्तरण गरिएको छ ।
कार्यक्रममा वर्ष २०२१ लाई सफल बनाउन सहयोग पुर्याएकामा पदाधिकारी तथा सहयोगीहरुलाई कार्यक्रमकी अध्यक्ष सुवेदीले सम्मान गरेकी थिइन् ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिम्सिना, इटहरी जेसीजका अध्यक्ष लोकनाथ भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल, नेपाली कांग्रेस इटहरी अध्यक्ष हेमकर्ण पौडेल, इटहरी ६ का वडाअध्यक्ष दिपक गौतम,नेपाल रेडक्रस सोसाइटीका सभापति विमल पौडेल, रोहित प्रसाईँ, बिकास केसी तथा लेडी जेसीजका पुर्व अध्यक्ष लगायतका अतिथीहरको उपस्थिति रहेको थियो ।




















