भोजपुर । समुद्र सतहबाट पाँच सय मिटर देखि चार हजार एक सय मिटर सम्मको उचाईमा रहेको भोजपुर जिल्लामा प्राकृति स्रोतका रुपमा वन कार्यालयले तीन भागमा विभाजन गरेर  जडीवुटी तथा बोटविरुवा लगाउदै आएको छ ।

   डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा एक हजार मिटर तल, दुई हजार मिटर सम्म र त्यस भन्दा माथिको भुभागलाई तीन भागमा बाडेर जुन ठाउँमा जस्तो प्रकारका जडीवुटी तथा बोटविरुवा राम्रो हुन्छ त्यही अनुसार लगाउने काम गर्दै आएको हो ।

  डिभिजन वन कार्यालय भोजपुर कार्यालयले एक हजार मिटर तलको अरुण,सुनकोशी लगायतका खोला किनारा सहितका सुख्खा क्षेत्रमा खयर बयर हुने गरेको र खयर बयरमा लाहा भेटिएको र त्यस क्षेत्रमा लाहाको प्रशस्त सम्भावना रहेकाले लाहालाई आम्दानीको राम्रो स्रोत वनाउन सकिने डिभिजन वन प्रमुख विष्णुलाल घिमीरे  वताउछन ।a 1 उनी प्राकृतिक स्रोतको व्यवस्थापन गर्दा भोजपुर भुगोलका कारण केही अगाडी बढ्न सक्ने सम्भावना भएको जिल्ला रहेको वताउदै तल्लो भागमा सफल भई सकेको लाहाबाट राम्रो आम्दानी गर्न सकिने वताउदै स्थानीयहरुसंग लाहा खेतीका विषयमा छलफल र अन्तरक्रिया गरिसकेको समेत वताए । लाहाका लागि भोजपुरको तल्लो क्षेत्रमा उपयुक्त रहेकोले धनकुटाबाट ल्याएर समेत लाहा परिक्षण गर्दा सफल भएको साथै सोमियालतामा पनि लाहाका सम्भावना खोजिरहेको पनि घिमीरेले जानकारी दिए ।

एक हजार मिटर माथि दुई हजार मिटर सम्मको भुभागमा ढाले घासँका साथै काठका लागि उपयुक्त हुने विरुवाहरु लगाउने कार्य समेत वन कार्यालयले गर्दै आएको जनाइएको छ । त्यसै गरी दुई हजार भन्दा माथिको भुभागमा नेपाली कागजका लागि लोक्ता , लोडसल्ला,सतुवा लगायतका जडीवुटीहरुको प्रसस्त सम्भावना रहेको तर्फ मध्यनजर गर्दै त्यही अनुसारको काम समेत गर्दै आएको डिभिजन वनले जनाएको छ ।