इनरुवा । सहकारीहरुलाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले सुनसरीको इनरुवामा आयोजित ६ दिने तालिम सम्पन्न भएको छ ।
सहकारी प्रशिक्षालय प्रदेश नम्बर १ इनरुवा सुनसरीको आयोजनामा अभिलेख व्यवस्थापन ,पल्र्स अनुगमन तथा व्यवसायिक योजना निर्माण तालिम सम्पन्न भएको हो ।
प्रदेश नम्बर १ का विभिन्न जिल्लाका २० वटा सहकारीको सहभागिता रहेको तालिममा नरेन्द्र पराजुलि र एकनाथ दाहालले सहजिकरण गरेका थिए ।
तालिममा सुनसरी ,मोरगं, झापा , धनकुटा ,भोजपुर , खोटागं , ताप्लेजुङ्गका सहभागिता रहेको थियो । तालिमा विभिन्न किसिमका सहकारीहरुको सहभागिता रहेकोमा १० वटा वचत तथा ऋण सहकारी, २ वटा वहुउद्धेश्य, ६ वटा कृषि सहकारी, झापाको हाम्रो स्वावलम्बी सामाजिक उद्यमि सहकारी संस्था र धनकुटाको शिक्षक हित साकोस सहित २० वटा सहकारी संस्थाको सहभागिता रहेको थियो । सैद्धान्तिक र प्रयोगात्मक रुपमा सञ्चालित तालिमबाट सहकारी सञ्चालनका लागि आफुहरुलाई सहज हुने तालिममा सहभागीहरुले वताए ।




















