इटहरी । कृषि क्षेत्रसंग जोडिएका सहकारी संस्थालाई उत्पादन तर्फ जोड दिदै उत्पादित वस्तुहरुको बजारिकरण तथा व्यवसायीकरणलाई संस्थागत वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
साना किसान तथा अन्य कृषि सहकारी संघ संस्थाको बजारिकरण र व्यवसायीकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम कृषि सहकारी संघ लिमिटेड प्रदेश नम्बर १को आयोजना सम्पन्न भएको हो ।
साना किसान तथा कृषि सहकारीहरुले विभिन्न कृषि उपज र कृषिजन्य उत्पादनहरु गर्दै आएपनि बजारिकरणको अभावमा समस्या हुदै आएको गुनासो वढी रहेको समयमा सुनसरीको इटहरीमा रहेको सगुन कृषि सहकारी संस्था लिमिटेडको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कृषिसंग जोडिएका सहकारीहरुले गर्दै आएको गतिविधिहरुका विषयमा जानकारी गराइएको थियो । सो क्रममा सगुन कृषि सहकारी संस्थाले गर्दै आएको कृषि प्रणाली ,यन्त्रिकरण , बजार र बजारिकरणका विषयमा सहकारीका अध्यक्ष टिकादत्त वनले जानकारी गराएका थिए । त्यसै गरी प्रदेश नम्वर १मा कृषिमा आधारित गतिविधिहरु समेटिएको दिपकराज पाण्डेको समेत कार्यक्रममा प्रस्तुति रहेको थियो ।
कृषि सहकारी संघ लिमिटेड प्रदेश नम्बर १ तर्दथ समितिका अध्यक्ष खगेन्द्रराज भण्डारीको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका वक्ताहरुले कृषि क्षेत्रको समस्या सम्भावना र चुनौतीहरुलाई एकीकृत भएर काम गर्न जिल्ला प्रदेश तथा केन्द्रीय साझा संगठनको आवश्यकताका विषयमा समेत वोलेका थिए । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ लिमिटेड मोरगंका अध्यक्ष राजेन्द्र आचार्य , सुनसरीका अध्यक्ष भोलाकाजी बस्नेत र केन्द्रकी उपाध्यक्ष मिना ढकाल लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।




















