मोरगं । सामुदायिक विद्यालयमा पुर्वी नेपालमै नाम कमाएको मोरगंको सुन्दरहरैचा १० खोर्सानेमा रहेको सुकुना माध्यमिक विद्यालयले स्थापनाको ५०वर्ष पुरा गरेको अवसर पारेर स्वर्ण महोत्सव मनाउने भएको छ ।

      वि.सं.२०२९सालमा स्थापना भएको सुकुना माध्यमिक विद्यालयले ५०औं स्थापना दिवसका साथै स्वर्ण महोत्सव मनाउन लागेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

     विद्यालयले पुस १ गते देखि ७ गते सम्म सप्ताह व्यापी विभिन्न कार्याक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाउन लागेको विद्यालयका प्रध्यानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा विद्यालयमा हाल करिव ४५ सय विद्यार्थी अध्ययनरत रहेको ,कक्षा १ देखि १० सम्म नेपाली र अग्रेजी माध्यमबाट पठनपाठन हुदै आएको कक्षा ९ देखि कक्षा १२ सम्म सिभिल इन्जिनियरिगं कक्षा ११ र कक्षा १२मा विज्ञान ,होटल मेनेजमेन्ट ,कम्प्युटर विज्ञान , व्यवस्थापन ,कानून ,पत्रकारिता ,शिक्षा लगायतका विषयहरुको सञ्चालनमा रहेको समेत जानकारी गराइएयो ।

  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमवहादुर न्यौपाने लगायतको उपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा गुणस्तरीय र प्रविधियुक्त शिक्षामा जोड दिदै विद्यालयलाई डिजिटल वनाउने आएको वताइयो ।

विद्यालयमा हाल १०वटा इन्टरएक्टिभ प्यानल वोर्ड ,१९वटा प्रोजेक्टर ,५वटा स्मार्ट टिभी ,एउटा कम्प्युटर ल्याव रहेको तथा सम्पुर्ण शिक्षकहरुलाई ल्यापटव उपलव्ध गराउने लक्ष्य अनुसार २४जनालाई उपलव्ध गराई सकेको समेत जानकारी गराइयो । विद्यालयमा हाल एक सय ३१ जना शिक्षक र १९ जना कर्मचारी रहेका छन ।