सुनसरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले विकासका योजनाहरु निर्माण र सञ्चालनका क्रमका सवै ठाउँमा सेटिगंले काम विगारेको वताउनु भएको छ ।

भष्ट्राचारमा भएको व्यापक वृद्धिले सवै क्षेत्रमा काम विग्रिएको उल्लेख गर्दै उहाँले जब सम्म भष्ट्राचारको प्रवृतिलाई समाप्त पार्न सकिदैन तव सम्म विकास र आर्थिक क्षेत्रमा फड्को मार्न सकिदैन भन्नु भयो ।

   इटहरी उपमहानगरपालिका ,नेपाल नेत्र ज्योति संघ तथा सेवा फाउण्डेशन समेतको सक्रियतामा इटहरी १७मा निर्माण गरिने इटहरी आखाँ अस्पतालको शिलान्यास कार्यक्रममा वोल्दै उहाँले सो कुरा वताउनु भएको हो ।

  पुर्व प्रधानमन्त्री नेपालले मुलुकमा मेहनत गरेर कमाउने भन्दा पनि लुटेर खाने प्रवृति बढ्दै गरेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो । विकास निर्माणसंग जोडिएका कुनै पनि योजना छनौट र कार्यान्वयन गर्दा दिर्घकालिन सोच राख्न आवश्यक रहेको भन्दै उहाँले ५० देखि सय वर्ष सम्म प्रयोग गर्न सकिने गरी निर्माण गरिनु पर्नेमा जोड दिनु भयो ।262111599_464801308496123_5188522566620137821_n

नेपालका कुनै पनि स्थानमा निर्माण र सञ्चालन भएका आँखा अस्पतालले स्थानीय सर्वसाधारणका अतिरिक्त सिमावर्ती भारतिय नागरिकहरुलाई प्रभावकारी सेवा मात्र नदिई आसपासमा बस्ती विकास र स्वास्थ्य पर्यटन प्रवद्धनमा पनि योगदान दिदै आएको वताउनु भयो ।

उहाँले पुर्वी नेपालको इटहरी एउटा सम्भावनाको सहर भएको वतादै इटहरीको वृहत्तर विकासका लागि गुरुयोजना वनाएर अगाडि बढ्न तथा आवश्यक परेका आसपासका स्थानीय तहसंग पनि सहकार्य र समन्वय गरी अघि वढ्न सुझाव दिनु भयो ।

  नेत्र ज्योजि संघ नेपालका केन्द्रीय अध्यक्ष डा.चेतराज पन्तले नेपालको न्युनतम ६ सय वडा स्थानीय तहमा आँखा उपचार केन्द्र देखि अस्पताल सम्मका संरचना निर्माण गर्ने योजना रहेको वताउनु भयो ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले आँखा अस्पतालको निर्माणले इटहरी क्षेत्र मात्र नभएर आसपासका क्षेत्र साथै सिमावर्ती भारतियका मानिसहरुले समेत सेवा लिन सक्ने वताउनु भयो । अस्पताल निर्माण कार्य दुई वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख चौधरीले जानकारी दिनु भयो ।

दृष्टिविहिन समेत रहेका उद्योगी अशोक बगडियाले निशुल्क उपलव्ध गराएको १० कठ्ठा जमिनमा निर्माण गरिने आखाँ अस्पतालको लागत २५करोड अनुमान गरिएको छ ।

  यसै विच स्थानीय सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पुर्व प्रमानमन्त्री समेत रहेका नेपालले प्रतिगमन विरुद्ध स्थापित गठवन्धन सशक्त रुपमा अघि वढ्ने वताउनु भयो ।

उहाँले मुलुकमा दुई किसिमको विचारका गठवन्धन रहेको चर्चा गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि वामपन्थी र लोकतान्त्रीक गठवन्धन र प्रतिगमनकारी र दक्षिणपन्थीहरुको गठवन्धन रहेको समेत जानकारी गराउनु भयो । नेकपा एमालेले संसद अवरुद्ध गर्ने चर्चाका विषयमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिदै नेपालले कुनै पनि दलले संसद अवरुद्ध गर्नुको तुक नरहेको समेत दावी गर्नु भयो । 

गत बिहीबार सोरुमबाट लमजुङ घलेगाउँ हुँदै भुजुङ सम्म पुगेका मोटरहेड बाइक राइडरहरु विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए । मोटरहेडका विभिन्न मोडलका बाइकमा सवार १५ राइडर मध्ये कार्यक्रममा उत्कृष्ट राइडरहरुलाई पुरस्कृत समेत गरिएको थियो । उनीहरु त्यही बसेर नाइट आउट कार्यक्रम गरेका थिए । 

आफ्ना अन्य क्षेत्रका ग्राहकहरुलाई पनि आगामी दिनमा यस प्रकारको कार्यक्रममा सहभागी गराउने बिक्री प्रबन्ध सुरेन्द्र कार्कीले जानकारी दिए । यसबाट आन्तरिक पर्यटनको प्रवद्र्धन हुने र ग्राहक तथा कम्पनीबीचको सम्बन्ध समेत सुमधुर हुने कम्पनीको भनाइ छ ।