इटहरी । नेपाली बजारमा के एन पि जापान प्राइभेट लिमिटेडद्धारा उत्पादित रंगहरुको आधिकारिक विक्रेता नवदुर्गा ट्रेड्सको १८औं शाखा सुनसरीको इटहरीमा सञ्चालनमा आएको छ ।
प्रदेस नम्बर १ को व्यापारिक हवका रुपमा विकसीत वन्दै आएको इटहरीमा एक कार्यक्रमको आयोजनामा गरि नवदुर्गा ट्रेड्सको १८औं शाखा सञ्चालनमा ल्याएको हो ।
नेपाली उपभोक्ताहरु माझ जापानी रगंको लोकप्रियता बढीरहेको तर्फ मध्यनजर गर्दै इटहरीमा पनि शाखा सञ्चालनमा ल्याइएको सञ्चालक सेवन्त वाग्लेले वताए ।
टिकटिक र सेकर मेसिनको सहायताले विभिन्न रगंहरु वनाउन सकिने र त्यही प्रविधिबाट वनाइएका कलरहरुको विक्री गर्ने समेत सञ्चालक बाग्लेले जानकारी दिए ।
इटहरीको विराटनगर लाईनमा सञ्चालनमा आएको नवदुर्गा ट्रेड्सको शाखाको समाजसेवी गोविन्द वाग्लेले उद्घाटन गरेका थिए । विभिन्न भवन ,फर्निचर लगायतमा लगाइने रगंहरुको शाखाबाट विक्री हुने जनाइएको छ ।




















