काठमाण्डाै । आज (आइतबार) बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा छ ।

तर देशभर चिसो बढ्नेक्रममा रहेकाले चिसोबाट बच्न मौसमविद्ले सचेत गराएका छन् । तर आज हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका अन्य भूभागमा आंशिक बदली रहने छ । राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ ।

काठमाडौंमा बिहान ६ बजेको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । 

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ ।तराईमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ ।