इटहरी । अपागंता भएका महिला तथा बालबालिकाको हक अधिकारका क्षेत्रमा काम गर्दै आएको सुनसरीको इटहरीमा रहेको नेपाल चेलिबेटी अपागं महिला समाजको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अरु व्यक्ति सरह अपागंता भएका महिला तथा बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै सम्मानपूर्ण जीवन जिउनका लागि क्षमता अभिवृद्धि,सिपमुलक तालिम आदि उपलव्ध गराउने उद्धेश्यले २०५५सालमा नेपाल चेलिबेटी अपागं महिला समाज स्थापना भएको हो ।
संस्थाकी अध्यक्ष लक्ष्मी घिमीरेको अध्यक्षतामा भएको २४औं वार्षिक साधारण सभाका अवसरमा उत्कृष्ट काम गरेको भन्दै संस्थाका कर्मचारीद्धय नम्रता पोखरेल र कुमारी बस्नेतलाई कदर पत्रले सम्मान गरियो । सम्मानित कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का प्रदेस सांसद सर्वध्वज साँवाले सम्मानित गरेका थिए ।
त्यसै गरी सासंद साँवाको संसद कोषको दश लाख रुपैयाबाट थप गरिएको तला थप गरिएको हलको उद्घाटन गरियो । सोही अवसरमा अपागंता भएका फेगु सरदारलाई हिड्नका लागि सहयोगी सामाग्री बैशाखी समेत उपलव्ध गराइए थिए ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु र्तृप्ता मगर , दिपकला राई , दिलकुमारी राई , इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश भटटराई , इटहरी उपमहानरपालिका वडा नम्बर १का वडा सदस्य रतन कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















