धनकुटा । धनकुटा बहुमुखी क्याम्पस, धनकुटामा यसै शैक्षिक सत्रबाट विसीए कक्षा सञ्चालनको तयारी रहेकाे छ । विसिए अध्ययन गर्नका लागि जुनसुकै संकायबाट भएपनि १२ कक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान रहेको त्रिभुवन विश्वविध्यालले जनाएकाे छ । विश्वविध्यालयका अनुसार पुरानो पाठ्यक्रममा एस एल सि सेकेण्ड डिभिजन र नयाँ पाठ्यक्रममा कम्तिमा जिपीए २.० सम्म ल्याई प्रमाणपत्र तह वा प्लस टु मा जुन सुकै विषय लिई उतिर्ण गरेको भएपनि व्याचलर अफ कम्प्युटर एप्लिकेसन विसिए विषयको अध्ययन गर्न सकिने छ ।
क्याम्पस प्रमुख होमबहादुर बस्नेतका अनुसार सुचना प्रविधिको युगमा प्रविधीसँग सम्वन्धित विषय सञ्चालनका लागि क्याम्पसले पूर्वाधार समेत निर्माण गरिसकेको छ । उहाँका अनुसार एकबर्षको लामो समयको तयारी पश्चात हामीले सम्वन्धन पाउने भएपछि अब कक्षा सञ्चालनको तयारीमा रहेका छाै । विसिए कार्यक्रम सञ्चालन गरेका अन्य क्याम्पस भन्दा नमुनाका रुपमा सञ्चालन गर्ने तयारी रहेको छ । 
शैक्षिक हवको रुपमा विकास हुन थालेको धनकुटामा विसिए कार्यक्रम सञ्चालन थप इँटाको रुपमा रहेको क्याम्पस प्रमुखको दावी छ । नेपालको ११ औ क्याम्पसको रुपमा पढाई सुरु हुने विश्वविध्यालयकाे मापदण्ड भित्र रहेर कक्षा सञ्चालन गर्ने विध्यालयले साेच बनाएकाे छ ।
चारवर्षमा ८ सेमेस्टरमा कार्यक्रम सञ्चालन हुने विसीए कार्यक्रम कम्प्युटर सप्टवयरको सम्पुर्ण प्याकेज रहेको क्याम्पस अनुगमनमा आउनु हुने सह प्राध्यापक डा. गोविन्दप्रसाद शर्माकाे भनाई छ ।
उहाँका अनुसार मानविकि सङ्काय सकिएको विषयमा मिडियामा जनगुनासो बढेको भन्दै डा. शर्माले अब प्राविधिक धारका विषय समावेश गरेर विभिन्न विषयमा त्रिविका आँगिक क्याम्पसमा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । त्रिविका आँगिक क्याम्पसमा विसिएको कक्षा सञ्चालन भएसंगै एम सिएको समेत पाठ्यक्रम तयारी भएको आगामी बर्षदेखि सञ्चालन हुने छ ।
स्नातक तह अन्तर्गत शिक्षा, मानविकी, विज्ञान, व्यवस्थापन संकाय स्नातक तहमा शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना अभियान समेत सञ्चालन गर्दै आएको धनकुटा बहुमुखी क्याम्पसमा विविए र विसिए को भर्नाका लागि सिएमएटि एप्लिकेसन फराम २०७८ समेत खुल्ला गरेको छ । यस क्याम्पसमा शिक्षा, मानविकी र ब्यबस्थापन सङ्कायको स्नातकोत्तर तहको समेत पढाई हुने गरेको छ ।




















