इटहरी ।  कृषि तथा पशुपालनका क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्धेश्य सहित प्रदेस स्तरिय कृषि प्राविधिक कार्यशाला सुनसरीको तरहरामा सम्पन्न भएको छ ।

  प्रदेस नम्बर १का कृषिसंग सरोकार राख्ने कृषि प्राविधिक ,जनप्रतिनिधि , कृषक ,कृषि व्यवसाय र कृषि फाम सञ्चालकहरुको सहभागितामा कृषि अनुसन्धान निर्देशनालय तरहराको आयोजनामा  कार्यशाला सम्पन्न भएको हो ।

   कृषि निर्देशनालय तरहराका निर्देशक केशवप्रसाद श्रेष्ठको अध्यक्षता तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका सचिव डा रामानन्द तिवारीको प्रमुख आतिथ्य रहेको थियो ।IMG_2944

कार्यशालामा कृषि निर्देशनालय अन्तरगत रहेका आठ वटा कृषि अनुसन्धान केन्द्रहरुले गर्दै आएका अनुसन्धान प्रगति लगायतका विषयमा निर्देशक श्रेष्ठले सहभागीहरु सहजिकरण गरेका थिए । त्यसै गरी प्रदेस स्तरमा भएका अनुसन्धान प्रसारका साथै अनुसन्धानले पहिचान गरेका समस्याहरुका विषयमा समेत कार्यशालामा छलफल गरिएको थियो । कार्यक्रममा कृषिसंग जोडिएर वर्ष भरि गरिएका कामहरुका विषयमा अन्य प्रस्तुति समेत रहेका थिए । सो कार्यशालामा नेपाल कृषि अनुसन्धान परिषद काठमाडौंका निर्देशक डा.युगनाथ घिमीरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।