मोरगं । न्याय निरुपणमा सहयोग पुर्याउने उद्धेश्यले जनप्रतिनिधि तथा न्यायीक समितिका सदस्यहरुलाई मोरगंको लेटागंमा तीन दिवसिय तालिम समापन भएको छ ।
मेलमिलाप कसरी गराउने विवाद निरुपण कसरी गर्ने लगायतका विषयबस्तुहरुलाई समावेश गरेर सामुदायिक विकास मञ्च नेपाल मोरगंको आयोजना तथा ब्रेड फर द वल्र्ड जर्मनी आर्थिक सहयोग र संस्थागत विकास सञ्जाल काठमाडौंको प्राविधिक सहयोग रहेको तीन दिने तालिम समापन भएको हो ।
बरिष्ठ कानुन व्यवसायी काशीराज दाहालले सहजिकरण गरेको न्याय निरुपणमा स्थानीय सरकार र न्यायिक समितिको भुमिका विषयक ३ दिवसीय तालिममा दाहालले मेलमिलापका प्रकृया , मेलमिलापकर्ताको भुमिका ,गुण कुनकुन निकायले कस्ताकस्ता प्रकारका न्याय निरुपण गर्दछन लगायतका कानुनका विषयवस्तुहरुको जानकारी गराएका थिए । आयोजक सामुदायिक विकास मञ्चका अध्यक्ष रामचन्द्र बुढाथोकीको अध्यक्षमा सुरु भएको तालिम समापनमा कार्यक्रममा प्राविधिक सहयोग पुरयाउने संस्थागत विकास सञ्जाल काठमाडौंका रणनितिक सल्लाहाकार बालकृष्ण महर्जनको विशेष आतिथ्य रहेको थियो ।
गत मंगलवारबाट सुरु भएको तालिममा लेटागं नगरपालिकाको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख कृष्णकुमारी निरौला लगायतका न्यायिक समितिका सदस्य र जनप्रतिनिधिहरु समेत २५जनाको तालिमा सहभागी रहेको थियो । समापन कार्यक्रम आयोजक संस्थाका पुर्व अध्यक्ष कमल अधिकारी , सस्थागत विकास सञ्जालका रणनितिक सल्लाहाकार महर्जन ,तालिमका सहजकर्ता दाहाल लगायतले वोलेको थिए ।




















