इटहरी । नेपाल जेसिजको वर्ष २०२२को अध्यक्षका लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सफलता पुर्वक पुरा गरिसेकका विराटनगरका श्यामसुन्दर पौडेल मिलनले एरिया ए बाट उमेद्धारी घोषणा गरेका छन ।
सन् २०१९ का नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्२०१८ का राष्ट्रिय उपाध्यक्ष तथा विराटनगर जेसिजको सन्२०१७ का अध्यक्ष पौडलले वर्ष २०२२का लागि राष्ट्यि अध्यक्षमा उमेद्धारी घोषणा गरेका हुन ।
इटहरीको होटल इन टुरिष्टमा भएको नेपाल जेसिजको एरिया ए को भेला तथा भेटघाट कार्यक्रममा एरिया ए वाट अध्यक्ष सहित राष्ट्रिय कार्यकारी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्षका विभिन्न व्यक्तिहरुले उमेद्धारी घोषणा गरेका छन । आगामी पुस महिनाको १ गते देखि ४ गते सम्म पर्यटकीय नगरी पोखरामा हुने नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनमा एक अध्ययक्ष सहित ४ कार्यकारिणी उपाध्यक्ष , १२ राष्ट्रिय उपाध्यक्ष चयन हुने छन ।
जस मध्ये एरिया ए बाट अध्यक्ष पौडेल , कार्यकारिणी उपाध्यक्षमा तरहरा जेसिजका सुनिल तिम्सिना ,मलगंवा जेसिजका अनवर हुसैन र धरान जेसिजका दिपेन्द्र निरौला त्यसै गरी राष्ट्रिय उपाध्यक्षमा पथरी जेसिजका प्रदिप फुयाँल , शिवसताक्षी जेसिजका कुमार साँवा ,धुलावारी जेसिजका राजिव प्रसाई र जनकपुर जेसिजका मनोज शाहले आसन्न महाधिवेशनमा उमेद्धारी दिने उमेद्धारी छनौट समितिका संयोजक जीवन पराजुलीले जानकारी दिए ।
एरिया ए भेलामा नेपाल जेसिजका विभिन्न ३५ शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




















