इटहरी । मानिसहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रालिले  साप्ताहिक नि:शुल्क सुगर जाँच शिविर सुरु गरेको छ  ।

   समाज सेवाका क्षेत्रमा समेत महत्वपुर्ण योगदान गर्दै आएको  इटहरी मेडिकलले  पछिल्लो समयमा न्युन आय भएकाहरुलाई  निशुल्क सुगर जाँच शिविर सञ्चालनमा ल्याएको हो ।Capture 1

     निम्न आर्य भएका गरिव विपन्न वर्गका मानिसहरुलाई लक्षित गरि हरेक महिनाको एक हप्ता सम्म नि:शुल्क रुपमा सुगर जाँचलाई नि:शुल्क गरिएको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रालि सञ्चालक बलवहादुर न्यौपानेले जानकारी दिए ।

उनले व्यवसायका साथै समाज सेवाका लागि समेत समयसमयमा विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गर्दै यस पटक मेडिकल अगाडी नि:शुल्क सुगर जाँचको व्यानर टाँसेर यहि मंसिर २१ गते देखि २७ गते सम्म नि:शुल्क सुगर जाँचको व्यवस्था मिलाएको समेत वताए ।     सुगर जाँचका लागि इटहरी मेडिकलले प्राविधिक सहितको सुविधा उपलव्ध गराएको छ ।