इटहरी । सुनसरीको इटहरीमा जोनअल रोटा क्वीज प्रतियोगिताको आयोजना गरिएको छ ।   रोटरी क्लव अफ इटहरीको आयोजनामा रोटा क्वीज प्रतियोगिताको आयोजना गरिएको हो ।

  रोटरी क्लवको जोन ३२ए२की सुनिता अग्रवालको प्रमुख आतिथ्य तथा रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षतामा भएको प्रतियोगितामा पाँच वटा टिमको सहभागिता रहेको छ ।IMG_2647

प्रतियोगितामा इटहरीको एक टिम ,धरान र विराटनगरका दुईदुई टिमको सहभागिता रहेको छ । इटहरीको पिसजोन आवासिय माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा एउटा टिममा ३ जना रहेका थिए ।IMG_2627

प्रतियोगितामा  रोटरी क्लव इटहरीको टिम प्रथम ,रोटरी क्लव अफ धरानको टिम दोस्रो तथा रोटरी क्लव अफ विराटनगर फ्युजन  टिम तेस्रो भएको छ । कार्यक्रममा रोटरी क्लव अफ इटहरीकी निवर्तमान अध्यक्ष विजु बैनी श्रेष्ठ, पुर्व अध्यक्षहरु अनन्त विष्ट ,संयोग पराजुली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।