इटहरी । आखाँको उपचारका क्षेत्रमा प्रदेस नम्बर १को विराटनगरमा रहेका देश विदेशमा समेत ख्याती कमाएको विराटनगर आखाँ अस्पतालले विद्यार्थीका लागि सुनसरी मोरगंमा निःशुल्क आखाँ उपचार शिविर सञ्चालन गर्दै आएको छ । यही क्रममा पछिल्लो समयमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५मा रहेको मकालु इगंलिस बोडिगं स्कुलमा निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ ।
विद्यार्थीका लागि सञ्चालन गर्दै आएको निःशुल्क आखाँ उपचार शिविर अन्तरगत विहीबार मकालु स्कुलमा विराटनगर आखाँ अस्पतालले शिविर आयोजना गरेको हो ।
विराटनगर आखाँ अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको आखाँ शिविरमा ५सय ५० जना विद्याथी,शिक्षक तथा विद्यालयका कर्मचारीहरुको आखाँ परिक्षण गरिएको विद्यालयका प्रिन्सीपल थानेश्वर ढकाल नेलशनले जानकारी दिए । विद्यालयमा आखाँ शिविर सञ्चालन अभियान चलाउदै आएको विराटनगर आखाँ अस्पतालले विद्यार्थीका लागि चस्मा र औषधि समेत निःशुल्क रुपमा उपलव्ध गराएको थियो ।
निशुल्क आखाँ परिक्षण शिविरमा विराटनगर आखाँ अस्पतालकी आखाँ विशेषज्ञ डा.गृष्मा श्री चुडाल लगायतले प्राविधिक सहयोग पुर्याएका थिए । सो अवसरमा विराटनगर आखाँ अस्पतालले विद्यालयका विद्यार्थीको निःशुल्क आखाँ परिक्षण कार्यक्रमलाई निरन्तरता दिदै जाने वताइयो । विराटनगर आखाँ अस्पतालमा छिमेकी मुलुक भारतबाट समेत ठुलो संख्यामा उपचारका लागि विरामीहरु आउने गरेका छन ।




















