इटहरी । ग्रामिण स्वाबलम्बन विकास केन्द्रको आयोजना तथा माल्टर्स इन्टरनेशनलको आर्थिक सहयोगमा बहराक्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ ।

   बराहक्षेत्र नगरपालिकाको समन्वयमा आयोजना गरिएको स्वास्थ्य सामाग्री वितरण गरिएको हो । बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्लको अध्यक्षतामा भएको स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बराहक्षेत्र नगरपालिका ३मा रहेको कोभिड अस्पताललाई पेसेन्ट मनिटर लगायतका सामाग्रीहरु उपलव्ध गराइयो ।

त्यसै गरी अक्सिजन कन्सल्टेटर ५ थान, रेफ्रिजेरेटर १ ,गमबुट १० जोर ,एन्टीजेन किट् फेसशिल शव र्यापिगं ब्याग लगायतका सामाग्री रहेको ग्रामिण स्वाबलम्वन विकास केन्द्र सुनसरीका कार्यक्रम संयोजक  दिपेन्द्र गौतमले जानकारी दिए ।262799290_428443065497868_4205550870958228951_n

कोभिड १९ लाई लक्षित गरि कोभिड अस्पतालका निर्देशक डा.सुलव श्रेष्ठलाई ग्रामिण स्वाबलम्बन विकास केन्द्रका प्रमुख कार्यकारी निर्देशक शिवप्रसाद बस्यालले हस्तान्तरण गरे ।

  त्यसै गरी सोही संस्थाले बराहक्षेत्रकै प्राथमिक स्वास्थ्य केन्द्रलाई पेसेन्ट मनिटर २ थान ,सेनेटर प्याड भेन्टिगं मेशिन र माइकोस्कोप मेशिन समेत हस्तान्तरण गरियो । बराहक्षेत्र नगर अस्पताललाई सेनेटरी प्याड भेन्टीगं मेशिन र फोहोर मौला जलाउने विद्युतिय मेशन समेत उपलव्ध गराइएको पनि गौतमले वताए । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरी लगायतका अतिथीहरुको उपस्तिथी रहेको थियो ।