इटहरी । कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर १को केन्द्र विन्दु इटहरीमा ठुला व्यवसासी प्रतिष्ठानहरु खुल्ले क्रम सुरु भएको छ । पछिल्लो समय पाँच करोड बढीको लगानीमा सेन्ट्रल मार्ट सञ्चालनमा आएको छ ।

   उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।IMG_7802

 विगत तीन वर्ष अघि देखि एक अर्ब ५० करोडको लागतमा सञ्चालन हुँदै आएको दश तले सेन्ट्रल प्लाजामा घरायसी ५हजार भन्दा वढी सामाग्री एकै ठाउँमा पाउने गरी सेन्ट्रल मार्ट सञ्चालनमा ल्याएको कार्यकारी निर्देशक सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।20211129_105438

   इटहरी मुख्य चौकमै रहेको सेन्ट्रल प्लाजा दश तले भवनमा बैकिगं सर्भिस सौन्दर्य सामाग्री , विभिन्न अन्य पसलहरु समेत रहेको अण्डरग्राउण्ड पार्किगं सुविधा समेत रहेको सेन्ट्रल प्लाजाको पहिलो तलामा खुलेको मार्टको विस्तार गर्दै दोस्रो तलामा निकट भविष्यमा इलेक्ट्रोनिक्स, कस्मेटिक र गिफ्ट आइटमहरु राखिने समेत जनाइयो ।mart udghatan -itahari (13) सेन्ट्रल प्लाजामा हाल सिनेफिल्याक्स नामक दुई वटा सिनेमाहल र सुविधा सम्पन्न बरण्डा होटल पनि सञ्चालनमा रहेका छन । सेन्ट्रल मार्ट सञ्चालनको अवसरमा ५ प्रतिशत देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको र वार्षिक रुपमा लक्कि ड्र बाट एक जनालाई यामाहाको एक सय २५ सीसीको फ्यासिनो स्कुटर , एक जनालाई वासिङ मेसिन र एक जनालाई रेफ्रिजेरेटर उपलव्ध गराउने समेत सञ्चालक टिमले जनाएको छ ।