इटहरी । देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत हुन सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा एकाईगत रुपमा मनाइरहेको छ ।
सुनसरी जिल्लाका विभिन्न ६ ठाउँमा सेवा केन्द्र सञ्चालन गर्दै आएको १४ हजार भन्दा वढी सेयर सदस्य रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले इटहरी सेवा केन्द्रको एकाई स्तरीय वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
जनता सेवा केन्द्रका प्रमुख यादव प्रसाद सिग्देलको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा विभिन्न प्रस्तावित विषयहरुमा छलफल भएका थिए भने वार्षिक साधारण सभामा कोषाध्यक्षको प्रतिवेदन , लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । एकाई साधारण सभाको माइन्युट प्रमाणिकरण प्रतिनिधि छनोट समेत गरिएको थियो । कार्यक्रममा सहकारीमा आवद्ध विभिन्न व्यक्तिहरुलाई विभिन्न विधामा सम्मान समेत गरिएको थियो ।




















