पथरी । मोरङ पथरीका गहाना तिलक बान्तवा राईको जिवनी समेटिएको स्मृतिग्रन्थ विहिबार लोकापणर् गरिएको छ ।
मोरङको साबिक पथरी गाबिसका पूर्ब अध्यक्ष तिलक वान्तावा राई सम्बन्धी लेखिएको तिलक बान्तावा राई स्मृतिग्रन्थको आज एक समारोहको साथ लोकार्पण गरिएको हो ।
राईको एक बर्ष अघि कोरोना भाइरसको कारण ६६ बर्षको उमेरमा मृत्यु भएको छ । बार्षिक स्मृति दिवसको अवसरमा प्रस्ताबित तिलक बान्तावा राई स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईको हातबाट लोकार्पण गरिएको हो ।
पुस्तक लोकार्पण कार्यक्रममा मुख्यमन्त्री राईले देशमा असल र निष्ठावान ब्यक्तिको खडेरी पर्दै गएको बताउनु भएको थियो । देशमा विचारभन्दा जालझेल र षड्यान्त्रको राजनीति हाबीहुँदै गएको बेला तिलक बान्तावा राईको जीवनिबाट समाजले सिक्नुपर्ने बताउनुभयो ।
पुस्तकको टिप्पनी डा.देउमान सम्बाहाम्फे र डा. मोहनकुमार तुम्बाहाङले गर्नुभएको कार्यक्रममा प्रदेश सांसद सुयर्माराज राई, पथरी गाबिस पूर्ब अध्यक्ष मोहन तुम्बापो लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
पुस्तकमा संविधान सभा सदस्य चण्डीप्रसाद राई, १ नम्बर प्रदेशको पूर्ब सामाजिक बिकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसाद सुयर्माराज राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, पथरी उद्योण वानिज्य संघको अध्यक्ष धनकुमार तामाङ, नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश खड्का, पथरी क्याम्पस प्रमुख चेतन पौडेल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई लगायत १२५ जनाको लेख समेटिएको पुस्तक २९० पृष्ठ रहेको छ ।




















