इटहरी । आन्तरिक राजश्व कार्यालय इटहरीले एक कार्यक्रमको आयोजना गरि उत्कष्ट करदाताहरुलाई सम्मान गरेको छ ।
विभिन्न कार्यक्रमसंगै यहि मंसिर १ गते देखि कर सप्ताह मनाउदै आएको आन्तरिक राजस्व कार्यालय इटहरीले सप्ताह समापनका अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको हो ।
उत्कृष्ट करदाताका रुपमा प्रभु फ्युल प्रालि इटहरीका सञ्चालक लिलम बस्नेत ,सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालिका डम्बरबहादुर तामागं , धरान प्लाष्टिकका रविस सायेवाला र सपोर्ट लघुवित्त वित्तिय संस्था प्रालिकी कल्याणी तिम्सिनालाई सम्मान गरियो । 
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का प्रमुख सचिव डा.रामप्रसाद घिमीरेले सम्मान गरे ।
त्यसै गरी सोही कार्यालयका नायव सुब्बा शोभित घिमीरेलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरियो । कर सप्ताह अन्र्तगत आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई समेत शिल्ड प्रमाण पत्र सहित पुरस्कृत गरियो । 
कार्यक्रममा आन्तकिर मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का सहित जिल्लाका विभिन्न ठाँउका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।




















