मोरगं । नेपाली काँग्रेसको तर्फबाट मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएर नगरकै नमुना वडा वनाउन सफल जीवनप्रसाद ढुंगाना नेपाली काँग्रेसको १४ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन ।

   काँग्रेसको १४औं महाधिवेसनका लागि मोरगंको क्षेत्र नम्बर ६बाट खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिमा आफनो दावी रहेको ढुंगानाले वताए । मोरगंको क्षेत्र नम्वर ६ वाट २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुने मध्ये  खुल्ला तर्फबाट चयन हुने १० जना मध्येमा ढुंगानाको समेत दावेवारी रहेको हो ।

  वि.सं.२०४६सालको परिवर्तन पछि नेपाल विद्यार्थी संघमा आवद्र्ध भएर  राजनितिमा सक्रिय रहेदै आएका ढुंगाना २०४७सालमा नेपाल विद्यार्थी संघ दुलारी गाउँपालिकाको सचिव नेपाली काँग्रेसको ११औं र १२औं अधिवेशनबाट काग्रेसको दुलारीको  सचिव निर्वाचित हुन सफल भए ।184083794_881769075709291_989016676248299874_n

विद्यार्थी काल देखि नै राजनैतिकमा रुचि भएका सामाजिक विकासका क्षेत्रमा समेत सक्रिय रहदै आएका ढुंगाना २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ३को वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन ।69168184_2478346302229264_1250425298109857792_n

वडामा निर्वाचित भएर आएसंगै ढुंगानाले जेष्ठनागरिक सम्मान ,मातापिता सम्मान , वडामा रहेका सुत्केरीहरुका लागि स्वास्थ्य परिक्षण पौसिलो आहार वितरण , दलित समुदायका लागि विभिन्न कार्यक्रम , वडाको  भौतिक विकास र मानवीय विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएका कारण ढुंगाना पार्टीमा समेत राम्रो छवी वनावएका ढुंगानाले आफनो कामको मुल्याँकन गर्दै पार्टीका नेता कार्यकर्ताहरुले आफुलाई विश्वास गर्ने वताए ।69265074_399245417660750_639422636400574464_n

राजनैतिक साथै सामज सेवाका क्षेत्रमा समेत उत्तीकै सक्रिय रहदै आएका ढुंगाना उद्योग वाणिज्य संघ दुलारीका महासचिव लगायतका सामाजिक संस्थाहरुको जिम्मेवारीमा समेत रहेका छन । कोभिडको महामारीका समयमा समेत आफनो स्वास्थ्यको प्रवाह नगरि वडावासीको स्वास्थ्य सुरक्षाका लागि ढुंगानाले खेलेको भुमिका अहिले पनि वडावासीले चर्चा गर्ने गरेका छन ।