इटहरी । अपराधिक गतिविधिका दृष्टिकोणले सुनसरीको इटहरीमा लागु औषध प्रयोग चुनौतिका रुपमा देखा परिरहेको तर्फ मध्यनजर गर्दै प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको छ ।

इटहरी क्षेत्रमामा बढी रहेको लागु औषध कारोवार तथा प्रयोगलाई नियन्त्रण गर्ने प्रहरीको अभियानले सफलता पाइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले वताए ।

पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा प्रहरी नायव उपरिक्षक  केसीले इटहरी क्षेत्रमा पछिल्लो समयमा प्रहरीले लागु औषध नियन्त्रणका लागि अभियान सञ्चालनमा ल्याएपछि लागु औषधका कारोवारी तथा प्रयोगकर्ताहरुलाई पक्राउ गरी मुद्धा चलाउन सफल भएको समेत जानकारी दिए ।20211116_090717

चालु आर्थिक वर्षको श्रावण महिना देखि कार्तिक १३ गते सम्म दुई जना विदेशी सहित १३जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय इटहरीको तथ्याँक रहेको छ ।

प्रहरीले लागु औषध नियन्त्रणका साथै अन्य शान्ति सुरक्षाका सवालमा गम्भीरता पुर्वक काम गर्दै आएको कारण शान्ति सुरक्षाको अवस्था मजुवद रहेको समेत पत्रकारहरुलाई प्रहरी नायव उपरिक्षक केसीले जानकारी गराए ।