धनकुटा । छथर जोरपाटी गाउँपालिकाले पालिकाका कृषकहरुलाई उन्नत जातको तरकारीको बीउ बितरण गरेको छ ।
पालिकाले पालिकाका भित्रका छ वटा वडाका कृषहरुलाई ५० प्रतिशत अनुदानमा ४ लाख बराबरको मटर र मुलाको बीउ बितरण गरेको हो ।
३ वटा कृषि सहकारी, २६ वटा कृषक समुह र १० वटा नीजि फर्म मार्फत् पालिकाका कृषकहरुलाई बीउ बितरण गरेको पालिकाका कृषि शाखा प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।
उक्त बिउ पालिका अध्यक्ष शेरबहादुर लिम्बूले संस्था तथा समुहका प्रतिनीधिहरुलाई प्रदान गर्नुभएको हो ।
अनुदानको बीउबाट
पालिकाका ७९० भन्दा बढी कृषकहरु लभ पुर्याउने उद्धेश्य अनुरुप बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ ।




















