भैरहवा । उद्योग पर्यटन साथै व्यवसायी विकासका विषयमा लुम्बिनी प्रदेस र प्रदेस नम्बर १का व्यवसायी विच छलफल भएको छ ।
रूपन्देहीका उद्योगी ब्यवसायी र सुनसरीका उद्योगी व्यवसायी बिच पर्यटन ,उद्योग व्यापार ब्यवसाय प्रबद्र्धनका विषय केन्द्रीत छलफल भएको हो ।
पर्यटन प्रवद्धनका साथै व्यवसाय केन्द्रीत भ्रमणका लागि लुम्बिनी पुगेका इटहरीका उद्योगी व्यवसायीहरुलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले व्यवसायीहरुको भ्रमणले दुवै क्षेत्रको उद्योग ,व्यवसाय र पर्यटन प्रवद्धर्नमा सघाउ पुर्याउने वताए ।
इटहरी उद्योग बाणिज्य संघ बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले पुर्व क्षेत्रको उद्योग पर्यटन व्यापार व्यवसायका विषयमा जानकारी गराएका थिए । उनले केही दिन अघिबाट सौर्य एयरलाईन्सले दुवै क्षेत्रको पर्यटन प्रबद्र्धनका साथै यात्रुहरुलाई हवाई मार्गबाट जोड्ने उदेश्यले दैनिक भैरहवा विराटनगर , विराटनगर भैरहवाको उडान सुरू गरेकोले दुवै प्रदेसको पर्यटन ,व्यापार व्यवसाय र यात्रामा समेत सहजता ल्याउने काम गरेको वताउदै रूपन्देहीका उद्योगी ब्यवसायीलाई प्रदेश नम्बर १ को भ्रमणका लागि आमन्त्रण समेत गरे ।
सौर्य एयरलाइन्सका भैरहवा शाखा प्रबन्धक जितेन्द्र यादवले दुई प्रदेशको पर्यटन ब्यापार प्रवद्र्धनमा सहयोग पुग्ने गरी सैर्य एयरलाइन्सलै भैरहवा बिराटनगर दैनिन सिधा उडान सुरू गरेको जानकारी दिए । छलफलमा कोविदजंग कार्की , कृष्ण दुलाल ,पत्रकार दामोदर खनाल लगायतले दुई प्रदेसका उद्योगी व्यवसायीहरु विचको अन्तर सम्वन्ध र भ्रमण आदानप्रदानले दुवै क्षेत्रको पर्यटन साथै समग्र क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । छलफलमा बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष नरिश्वर पौडेल र उद्योग उपाध्यक्ष टंक गैरे सहित इटहरीबाट आएका मदन चुडाल , विष्णुबहादुर डाँगी लगायतको सहभागिता रहेको थियो ।




















