इटहरी । बेमौषमी वर्षाको कारण आएको बाढीबाट पिडीत बनेका ५सय परिवारलाई राहत वितरण गर्ने लक्ष्य अनुसार राहत वितरण गर्दै आएको क्वीक रेस्क्यु टिम नेपालले इटहरीमा राहत वितरण गरेको छ ।

   कार्तिक २ र ३ गतेको आए बेमौसमी वर्षाको बाढीबाट पिडीत बनेका इटहरी ४ र ५का खेती खोला आसपासका बाढी पिडीतहरुलाई क्वीक रेस्क्यु टिम नेपाल र इसाई समाज प्रदेस नम्बर १को संयुक्त आयोजनामा राहत वितरण गरेको हो ।IMG_7714

   राहत वितरणमा क्वीक रेस्क्यु टिम नेपालका अध्यक्ष तथा इसाई समाज प्रदेस नम्बर १का अध्यक्ष विक्रम एक्तेन बाढी पिडीतहरुलाई प्रति परिवार एक थान डस्ना र ब्लांकेट वितरण गरे । राहत वितरण कार्यक्रममा इसाई समाज प्रदेस नम्बर १का सल्लाहकार तथा नागरिक समाज इटहरीका पुर्व अध्यक्ष डायनियल सुब्बाले समेत राहत वितरण गरेका थिए । IMG_7731राहत वितरण कार्यक्रममा क्वीक रेस्क्यु टिम नेपालका अध्यक्ष एक्तेनले बाढीमा फसेकाहरुलाई तत्काल उद्धार गर्ने काम देखि लिएर राहत वितरण सम्म क्वीक रेस्क्यु टिमले सक्रिय रहदै आएको वताए ।IMG_7715

 क्वीक रेस्क्यु टिम नेपालले विपदको समयमा प्रदेस नम्बर १का विभिन्न ठाउँहरुमा उद्धार ,राहत वितरणका साथै कोरोना कहरका समयमा स्वास्थ्य सुरक्षा सामाग्री , औषधी लगायतका सामाग्रीहरु समेत वितरण गरेको थियो ।