इटहरी । परम्परागत रूपमा देउसीभैलो खेलौं बिकृतिलाई हटाइ सस्कृतिको संरक्षण गरौं भन्ने नाराका साथ सुनसरी मोरङ्गका संचारकर्मीहरुले देउसी खेली संकलन भएको रकम सुनसरी मोरङ्गका पर्यकिय क्षेत्रहरुको प्रचारप्रसारमा खर्च गर्ने भएका छ्न ।

      तिहारको समयमा खेलिने देउसीभैलो को जर्गेना र संरक्षणमा योगदान पुर्याउने साथै पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले संचारकर्मीहरुले देउसी खेलेका हुन । 

     सुनसरी र मोरङ्गका १५ जना संचारकर्मीहरुले सुनसरी र मोरङ्गका विभिन्न ठाउँमा प्रतिनिधि मुलक देउसीभैलो खेलेका थिए ।20211105_164249 देउसीबाट संकलन भएको रकमले विभिन्न ठाउँमा पुगेर सुनसरी र मोरङ्गका धार्मिक साथै अन्य पर्यटकिय क्षेत्रहरुको बिषयमा प्रचारप्रसार गर्ने देउसीका संयोजक रेवती निरौलाले जानकारी दिए । उनले आफ्नो ठाउँमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार अभियानमा सुन्दरहरैचा नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख शिवप्रसाद ढकालले आश्वासन दिएको समेत बताए । 

   सुनसरी मोरङ्गमा धार्मिक तथा अन्य विभिन्न पर्यट्किय क्षेत्रहरू रहेका र कतिपय पर्यकिय क्षेत्रहरू प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको तर्फ मध्यनजर गर्दै प्रचारप्रसर लागि देउसीभैलोबाट संकलन भएको रकम खर्च गर्न लागेको देउसीमा सहभागी अर्का संचारकर्मी दिपक कार्कीले बताए । देउसीभैलो कार्यक्रममा सुनसरी मोरङ्गमा रहेर विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।