इटहरी । सौर्य एयरलाइन्सले नेपालमा नै पहिलो पटक प्रदेश नम्बर १ को विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि बिराटनगरको नियमित उडान भर्ने भएको छ ।
नेपाल सरकारले अगाडि सारेको अन्तर प्रदेस उडानको नीति अनुसार सौर्य एयरलाइन्सले पहिलो पटक विराटनगरदेखि भैरहवा र भैरहवादेखि विराटनगरको उडान गर्ने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएपछि सौर्य एयरलाइन्सले यही कार्तिक २२ गतेबाट सो रुटमा दैनिक उडान गर्ने सौर्य एयरलाइन्सका अध्यक्ष दिपककुमार पोखरेलले वताउनु भयो ।
लुम्बिनी प्रदेशको भैरहवा र प्रदेस नम्बर १ को राजधानी विराटनगरलाइ हवाइ मार्गबाट पहिलो पटक सौर्यले जोड्न लागेपछि अन्तर प्रदेश पर्यटन प्रवर्दनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
यात्रुहरुलाई हवाई मार्गबाट छोड्न प्राधिकरणसंग अनुमति मागेकोमा हाल एक उडानका लागि अनुमति पाएकाले यही कार्तिक २२ गतेवाट नियमित रुपमा विराटनगर भैरहवा र भैरहवा विराटनगरको उडान भर्ने अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।
आवश्यकता र यात्रुहरुको माग अनी चापलाइ मध्यनजर गरेर आगामी दिनमा उडान थप गरिदै लाने अध्यक्ष पोखरेलले वताउनु भयो । पछिल्लो समयमा छिमेकी मुलुक भारतको प्रसिद्ध व्यापारिक संस्था कुवेर ग्रुपले ठुलो लगानी गरेपछि सौर्य एयरलाइन्सले नेपाली एयरलाइन्सको क्षेत्रमा आफुलाई सशस्त्र वनाउदै लगेको छ ।
भारत लगायतका देशमा व्यवसायिक तथा सामाजिक सेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउदै आएको कुवेर गु्रपका अध्यक्ष विकास मालु लगायतको सहभागिताले सौर्य एयरलाइन्स थप मजवुद वनाउन मद्धत पुग्दै आएको सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेलले वताउनु भयो ।
एआरटि विमान थप गरी नेपाल सरकारको नीति अनुसार अन्य प्रदेशहरुमा समेत अन्तर प्रदेश उडान गर्ने तयारी समेत सौर्य एयरलाइन्स गरेको जनाइएको छ ।
भैरहवा विराटनगर र विराटनगर भैरहवा उडानले भगवान गौतम बुद्धको पवित्र जन्मभूमि तथा धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनी जानआउने तथा सो क्षेत्रबाट विराटनगरका साथै प्रदेश १ का साथै सिमावर्ती भारतीय क्षेत्रको भ्रमण गर्न आउनेजाने पर्यटक, उद्योगी व्यापारी तथा सर्वसाधारण यात्रुहरुसमेतको यात्रा सहज र सरल हुने सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिनुभयो ।
स्थलमार्गबाट विराटनगर भैरहवा ४९६ किलोमिटर दुरीमा रहेको भएपनि ५३ मिनेटमै यात्रा गर्न सकिने एयरलाइन्सका बिराटनगर विमानस्थलका स्टेशन मेनेजर प्रकाश पौडेलको भनाइ छ ।
हाल सौर्य एयरलाइन्सले तीन वटा बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत दैनिक विराटनगर काठमाडौ,भद्रपुर काठमाडौ ,भैरहवा काठमाडौ ,धनगढी काठमाडौ लगायतका रुटमा करिब एक दर्जन उडान भर्दै आएको छ । सौर्य एयरलाइन्सले चाडैँ नेपालगंज–भद्रपुर–नेपालगंज र राजविराज– काठमाडौं–राजविराजको उडान भर्ने योजना बनाएको पनि जनाइएको छ ।




















