इटहरी । बेमौषसी वर्षासंगै आएको बाढीका कारण पिडीत वनेका सुनसरीका ६सय बढी घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य सहित गैर आवासिय नेपाली संघ युकेको सहयोगमा इटहरीवाट राहत वितरण सुरु भएको छ ।
इटहरीको वडा नम्बर १ र ३ का ५२ घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरेर राहत वितरण अभियान सुरु गरिएको हो ।
एनआरएन युकेको सहयोग तथा इटहरीका सिजन गुरुगंको समन्वयमा राहत वितरण कार्य सुरु गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा वाढीका कारण पिडीत वनेकाहरुलाई केही मात्रमा भएपनि मलमपटी गर्ने उद्धेश्यले एनआरएन युकेका अध्यक्ष प्रेमगाहा मगरले राहतका लागि संकलन गरिएको रकमबाट राहत वितरण गरिदै आएको जनाइएको छ । 
राहत सामाग्रीमा प्रति परिवार २५केजी चामल , १ पाकेट नुन ,१ केजी दाल , १ पोका तेल रहेको छ ।
सुनसरीका ६सय ५० परिवारलाई राहत वितरण गर्ने लक्ष्य अनुसार अन्य ठाउँमा पनि चाडै वितरण गरिने समन्वय कार्यमा सक्रिय सिजन गुरुगंले जानकारी दिए ।
इटहरीमा राहत वितरण गर्ने कार्यमा दिव्यराज गुरुगं ,पुर्ण राई ,वहादुर तामागं लगायतका युवाहरुले वाढी पिडीतहरुको घरघरमा पुगेर राहत सामाग्री उपलव्ध गराए । विभिन्न समयमा विपदको अवस्थामा सुनसरीवासीलाई एनआरएन युकेले राहत उपलव्ध गराउदै आएको छ ।




















