इटहरी । तिहारमा खेलिने देउसीभैलीेको पराम्परा जर्गेना गर्ने उद्धेश्यले नरेन्द्र दंगालको देउसी गित एक कार्यक्रमका विच लोकार्पण गरियो ।
वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा देउसी गितको लोकार्पण गरिएको हो ।
हाइलाइटस् नेपालनामको युट्युव च्यानलबाट सार्वजनिक गरिएको सो गितको संयोजक रञ्चारकर्मी रेवती निरौला रहेका छन भने गितमा आर्दश बाल क्लवका कलाकार साथै सुनसरी र मोरगंका केही सञ्चारकर्मीहरुले देउसी खेलका छन ।
हास्य मसलाका रुपमा बालकुमार थेवेले भुमिका निर्वाह गरेको देउसी गितको निर्देशन रोहीत खनाल र छायाँकन पारस चौधरीको रहेको छ । देउसी गित लोकार्पण कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराई , सुन्दरहरैचा नगरपालिकाका वडा नम्बर ४का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । https://www.youtube.com/watch?v=zWrGr3KDwDY




















