धनकुटा । बाढीपहिरोका कारण एकै परिवारका ७ जनाले ज्यान गुमाएको धनकुटाको चौविसेका भिमबहादुर श्रेष्ठको परिवारलाई क्वीक रेस्क्यु टिम नेपालले राहत उपलव्ध गराएको  छ ।

   कार्तिक महिनाको सुरुवातमै आएको बेमौषमी वर्षासंगैको बाढीपहिरोमा परी  ज्यान गुमाएका धनकुटाको चौविसेका श्रेष्ठ परिवारलाई क्वीक रेस्क्यु टिम नेपालले राहत उपलव्ध गराएको हो ।

  श्रेष्ठ परिवारलाई रेस्क्यु टिमको तर्फबाट जाडोको समयलाई लक्षित गरी दुई थान डस्ना र ब्लाकेट सहित त्रिपाल , ६० केजी चामल, २ लिटर तेल,२केजी दाल,२ केजी चिउरा रेस्क्यु टिमका अध्यक्ष विक्रम एक्तेन लगायतले हस्तान्तरण गरे ।  nn

  नेपाली काँग्रेस चौविसे गाउँपालिका समितिका सभापति विजु राईको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा सोही क्षेत्रका अन्य बाढी पिडीत २० परिवारलाई पनि प्रति परिवार ३० केजी चामल १ लिटर तेल,१ केजी दाल , १ केजी नुन गाउँपालिकाका कार्यपालिका सदस्य सुर्वण थापा मगर लगायतका अतिथीहरुले वितरण गरे । क्वीक रेस्क्यु टिम नेपालले विपदको समयमा उद्धार राहत औषधि उपचारमा विपन्न परिवारका पिडीतहरुलाई सहयोग गर्दै आएको छ ।n

सहयोग हस्तान्तरणका क्रममा टिमका अध्यक्ष विक्रम एक्तेनले  पहिरोको जोखिम क्षेत्र रहेको यस ठाउँमा आफनो टिमले तालिम प्रदान गरी खोज उद्धार लगायतका लाई स्वयमसेवक तयार पार्न सहयोग गर्ने समेत वताए ।  त्यसै गरी मोरगंको केरावारीका कोरोनाका कारण ज्यान गुमाएका सै बहादुर दानिएल राईको परिवारलाई नगद ३०हजार समेत टिमका अध्यक्ष एक्तेनले हस्तान्तरण गरे ।