इटहरी । मोटरसाईकलका पारखी युवाहरुलाई लक्षित गरि यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता तीरुपति अटो सिटी इटहरीले बुलुतुथ सहितको एफ जेड एस भि थ्री एक्स मोडलको मोटरसाईकलको विक्री सुरु गरेको  छ । 

   युवा पुस्ताले सर्वाधिक रुपमा यामाहाका बाइकहरु रुचाई रहेको समयमा नयाँ फिचर सहित एफ जेड एस भि थ्री एक्स मोडल युवा पुस्तालाई लक्षित गरी तिरुपति अटो सिटीले विक्रीका लागि बजारमा ल्याएको हो । 

   यामाहाले एफ जीका प्रशंसक युवा पुस्ताहरुलाई मध्यनजर गर्दै एफ जेडलाई समय समयमा परिमार्जित गर्दै नयाँ फिचरका साथ ल्याउदै आएकोमा नयाँ फिचरका साथ हाल एफ जेड एस भि थ्री एक्स मोडल बजारमा विक्रीका लागि ल्याएको तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले वताए ।1

उनले अझ नयाँ फिचरका बाइकहरु समेत विक्रीका लागि ल्याउने समेत जानकारी दिए । तिरुपति अटो सिटीले बिक्रीका लागि बजारमा ल्याएको एफ जेड एस भि थ्री एक्स मोडलको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमवहादुर पौडेलले सार्वजनिक गरेका थिए । सो बाइकका विषयमा एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठले जानकारी गराएका थिए । बुलुतुथु भएका कारण आफनो बाइक कहाँ छ भन्ने जानकारी पाउन सकिने लगायतको सुविधा रहेको समेत श्रेष्ठले वताए ।