इटहरी । विगत केही वर्ष यता देखि इटहरी क्षेत्रमा साप्ताहिक सरसफाई अभियान सञ्चालन गर्दै आएको बुल्स इलेभेन क्लवले अभियानलाई निरन्तरता दिदै आएको छ ।

    पछिल्लो समयमा विश्व आर्दश स्कुल आसपासको क्षेत्रमा बुल्स इलेभेन क्लवमा आवद्ध युवायुवतीहरुले सरसफाई गरेका हुन ।

 इटहरी क्षेत्रमा विगत तीन वर्ष देखि सरसफाई अभियान सञ्चालन गर्दै आएको बुल्स इलेभेलन क्लवले गत २ र ३ गतेको बेमौषमी वर्षाले थुपारेको फोहोर सरसफाई गरेको हो । 248925517_3141979339368197_5850648541141510890_nबाढीले सार्वजनिक स्थलहरुमा थुपारेको फोहोरमैला व्यवस्थापनमा समयमै सरोकारवाला निकायहरुले चासो नदिइरहेको समयमा बुल्स इलेभेनले सरसफाई गर्दै आएको छ । यस अघि पनि इटहरी ५त्रिवेणी चौकमा रहेको शिव पार्वती मन्दिर क्षेत्रमा समेत बुल्स इलेभेनले सरसफाई गरेको थियो । स्थानीय स्तरमै आफनो ठाउँमा सफाई गर्ने काम आफैले नगर्दा,  सरोकारवाला निकायहरुले समेत समयमै फोहोर व्यवस्थापन नगरिदा नालाहरुमा थुप्रने प्लाष्टिक साथै अन्य फोहोरहरुका कारण पानीको निकास बन्द हुदाँ बाढी तथा डुवान हुने गरेको तर्फ मध्यनजर गर्दै सरसफाई गरियो बुल्स इलेभेनका अध्यक्ष पुर्ण राईले जानकारी दिए ।

  अन्य समयमा समेत बुल्स इलेभेनले इटहरी क्षेत्रमा साप्ताहिक सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।