इनरुवा । १२औं राष्ट्रीय जनगणना २०७८ मा खटिने गणकहरुलाई कसरी जनगणना गर्ने लगायतका विषय केन्द्रित तालिम सुनसरीको इनरुवामा सुरु भएको छ ।
जनगणनाका लागि छनौट भएका सुनसरीका इनरुवा र रामधुनीका एक सय ४६ जना गणकहरुलाई जनगणनका लागि तथ्याँक संकलन गर्ने विषयका केन्द्रित चार दिने तालिम सुरु गरिएको हो ।
स्थानीय जनगणना अधिकारी मनोज कुमार मेहताको अध्यक्षता तथा जिल्ला जनगणना कार्यालय सुनसरीका प्रमुख सुवास अधिकारीको प्रमुख आतिथ्यमा तालिम सुरु गरियो ।
उद्घाटन सत्र सम्पान्न भई तालिम प्रशिक्षण सुरु भएको छ । यही कार्तिक २५ देखि मंसिर ९ गते सञ्चालन हुने जनगणनामा गणकले,सहित तथ्याँक संकलनमा जोड दिदै गणकले तथ्याँक संकलनका लागि अपनाउनु पर्ने विधी लगायतका विषयमा तालिममा सहजिकरण गरिने जनाइएको छ ।
चार दिन सम्म चल्ने तालिममा प्रशिक्षक वेनु सिग्देल, श्यामप्रसाद साह, गणेश पोखरेल, सत्य नारायण मेहता सहजिकरण गर्ने स्थानीय जनगणना अधिकारी मनोज कुमार मेहताले जानकारी दिए । तालिम उद्धघाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख रमेश बहादुर दाहाल लगायतले जनगणनालाई सफल वनाउन गणकहरुको भुमिका महत्वपुर्ण हुने भन्दै गणकहरुलाई तालिमले नेपाल सरकारको नीति अनुसार तथ्याँक संकलनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।




















