इटहरी । बेमौषमी वर्षाको बाढीका कारण पिडित बनेका सुनसरीको इटहरी ८का विपन्न परिवारलाई नजिकी रहेको जाडो मौषमलाई लक्षित गरी क्वीक रेस्क्यु टिम नेपालले न्यानो कपडा वितरण गरेको छ ।
यही कार्तिक २ र ३ गते आएको अविरल वर्षापछिको बाढीका कारण पिडीत वनेका इटहरी उपमहानगरपालिका वडा नम्बर ८का एक सय परिवारलाई डस्ना र ब्लान्केट उपलव्ध गराएको क्वीक रेस्क्यु टिम नेपालका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिएका हुन ।
विपदका समयमा खोज उद्धार तथा राहत वितरण कार्यमा सक्रिय रहदै आएको क्वीक रेस्क्यु टिम नेपालले बेमौषमी वर्षासंगै आएको बाढीमा फसेकाहरुलाई तत्काल उद्धार गर्ने देखि लिएर राहत समेत वितरण गर्दै आएको समेत अध्यक्ष एक्तेनले वताए ।
वर्षाका कारण विभिन्न ठाउँका डुवानमा फसेका मानिसहरुलाई रातको समय नभनी उद्धार गरिएको तथा हाल बाढी पिडीत विपन्न वर्गका मानिसहरुलाई राहत उपलव्ध समेत गराउदै आएको समेत उनले जानकारी दिए । कोरोना कहरका समयमा समेत क्वीक रेस्यु टिम नेपालले खाद्यन्न , औषधी साथै स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको थियो ।




















