इटहरी । एशियाली क्रृण महासंघबाट एक्सेस ब्राण्ड सिल्भर मेडल समेत प्राप्त गर्न सफल भई सकेको सुनसरी जिल्लाकै एक उत्कृष्ट सहकारी संस्था किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाएको छ ।
सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।
सहकारीले स्थापना दिवसको अवसर पारेर विभिन्न विधामा सम्मान समेत गरेको छ ।
सो अवसरमा फरक क्षमता सम्मान, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता ,उत्कृष्ट बाल बचतकर्ता ,उत्कृष्ट लघुवित्त , उत्कृष्ट सदस्य विस्तारमा योगदान पुर्याउने कर्मचारी ,उत्कृष्ट उद्यमी ,उत्कृष्ट व्यवसायी , उत्कृष्ट पशुपालन , उत्कृष्ट बचतकर्ता ,उत्कृष्ट ऋणी लगायतका विद्यामा सम्मान गरेको छ । सम्मानीत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी लगायतका अतिथीहरुले सम्मान गरेका थिए ।
२०५८सालमा स्थापना भई सञ्चालन हुदै आएको किसान कल्याण सहकारीले आफना सदस्यहरुका लागि विभिन्न किसिमका वचत कार्यक्रमहरु सञ्चालन गरेको छ भने कृषि तथा पशुपालन ,व्यापार व्यवसाय , औद्योगिक , सवारी साधन , बैदेशिक रोजगार, सामाजिक आकस्मिक ,घर जग्गा खरिद तथा निर्माण ,शैक्षिक अध्ययन र विद्युतिय सामान खरिद शिर्षकमा क्रृण प्रवाह समेत गर्दै आएको छ ।




















