इटहरी । इटहरी जेसिजले यस वर्षको जेसिज सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरि सुरु गरेको छ ।

   हरेक वर्ष जेसिज सप्ताह मनाउदै आएको इटहरी जेसिजले यस वर्षको सप्ताह विपन्न परिवारलाई खाद्यन्न वितरण गरि सुरु गरेको हो ।IMG_6579

सप्ताह व्यापी रुपमा मनाईने जेसिज सप्ताह अन्र्तगत विभिन्न कार्यक्रम गरिने सो अवसरमा इटहरी जेसिजका अध्यक्ष प्रकास राईले वताए ।IMG_6574

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको जेसिज सप्ताह उद्धघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका ७ बज्राहका बाढी पिडीत वनेका २५ परिवार खाद्यन्न उपलव्ध गराएको हो ।249211248_191406299810478_3891169859468770859_n (1) प्रति परिवार २०केजी चामल एक केजी दाल एक केजी नुन भुजा एक केजी सोयाविन एक केजी लुगा धुने नुहाउने सावन र सरफ उपलव्ध गराइएको इटहरी जेसिजका सचिव युवराज काफ्लेले जानकारी दिए ।

मनोज न्यौपानेको संयोजनमा भएको सो कार्यक्रममा निवर्तमान अध्यक्ष माधव भट्टराई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।