इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १०औं साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका उपाध्यक्ष भुवनाथ दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा १० औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।
वार्षिक साधारण सभाका अवसरमा सहकारीमा आवद्ध विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरियो । सम्मानीत हुनेहरुमा उत्कृष्ट वचतकर्ता इश्वर कार्की ,उत्कृष्ट ऋणी हरिप्रसाद गौतम र उत्कृष्ट बजार प्रतिनिधि रिता राउतलाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका थिए ।
३सय १ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७ ।०७८मा एक करोड ४२लाख ९७ हजार २५ रुपैया ऋण लगानी गरेको उपाध्यक्ष दाहालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने , बाल बचतलाई प्रोत्साहन गर्न खुत्रुके बचत कार्यक्रम सञ्चालन गर्ने ,ऋण असुलीलाई संस्थाको नियम अनुसार मासिक व्याज र किस्ता असुलीमा कडाई गरिने लगायतका विषयहरु समेत प्रतिवेदन उल्लेख गरिएको छ ।




















