लेटाङ । सेन्टर ईटहरिको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा लेटाङ नगरपालिकाका ९ वटै वडा बाट प्रतिनिधित्व गर्ने गरि ५० जना सहभागीतामा तालिम सुरु भएको हो । 

कार्यक्रममा प्रमुख अतिथी लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी  निरौलाले तालिमको उद्घाटन गर्नुभयो । उहाँले सामाजिक राजनीतिक रुपमा अघि बढ्न तथा क्षमता वृद्धि गर्न तथा जिवनलाई सरलीकरण गर्नका लागि यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो । यस्तै विशिष्ठ अतिथी कृष्णराज राईले जीवनलाई परिस्कृत गर्दै लैजान तथा अर्को ठाउँमा फड्को मार्नका लागि तालिमको आवश्यकता पर्ने भएकाले तालिमलाई महत्वपुर्ण सम्झनुपर्नेमा जोड दिनुभयो । यस्तै लेटाङ ३ का वडाध्यक्ष देबराज चाम्लिङले हिंड्नु ठूलो कुरा नभइ पुग्नु ठूलो कुरा भएकाले यो तालिमले जीवन बदल्न मद्दत गर्न सक्ने बताउनुभयो । उहाँले भौतिक बिकास मात्र नभइ सामाजिक राजनितिक बिकास उत्तिकै जरुरी रहेको बताउनुभयो ।246660511_410101674038233_1381047863754637968_n

यस्तै लेटाङ ९का वडाध्यक्ष कृष्णप्रसाद लुईटेल यसप्रकारको तालिम धेरै अघि सञ्चालन गर्नुपर्नेमा ढिलै भएपनि नगरपालिकाले सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफुले लिएको तालिम अरुलाई समेत सिकाउन सक्ने हुनका लागि शुभकामना समेत दिनुभयो । यस्तै लेटाङ नगरपालिका योजना शाखा प्रमखु भुपेन्द्र खनालले वर्तमान अवस्थाबाट अघि बढ्न कुनै पनि व्यक्तिलाई तालिमको आवश्यकता पर्ने भन्दै तालिमलाई फलदायी बनाउन आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रम गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा। लि। इटहरीकाका संचालक रेवती निरौलाले संचालन गर्नुभएको थियो भने सोही संस्थाका संचालक वसन्त रेग्मिको अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य गुडलक एजुकेशनका भाषा प्रशीक्षक श्याम भट्टराईले राख्नु भएको थियो । ३ दिनसम्म सञ्चालन हुने तालिममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख भूपेन्द्र खनाल, लेखा शाखा प्रमुख सुशील वास्तोला तथा सप्तकोशी एफएमका सम्पादक लिलाराज भट्टराईले सहजिकरण गर्नुहुनेछ । तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण र बजेट कार्यान्वयन तथा भुक्तानी लगायतको विषयमा प्रशिक्षण दिइने  गुडलक एजुकेशनका रेवती निरौलाले जानकारी दिनुभयो ।