इटहरी । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको इटहरी उपमहानगर समितिको दोस्रो अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

    दोस्रो अधिवेशनले पुण्यप्रसाद सापकोटाको अध्यक्षतामा प्याब्सन इटहरी उपमहानगर समिति चयन गरेको थियो ,दोस्रो अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको पदस्थापन एक कार्यक्रमका विच गरिएको हो ।IMG_6377

        प्याब्सन केन्द्रिय समितिका सल्लाहकार शंकर थापाको  प्रमुख आतिथ्यता तथा प्याव्सन उपमहानगर समितिका अध्यक्ष सुवर्णवहादुर थापाको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरियो । प्याब्सन इटहरी उपमहानगर समितिको  दोस्रो अधिवेशनले पुण्यप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदसिय नयाँ कार्यसमिति गत असोज दोस्रो साता चयन गरेको थियो ।IMG_6392 नयाँ कार्यसमितिको उपाध्यक्षमा सुर्यमणी निरौला, सचिवमा राजेश श्रेष्ठ ,सहसचिवद्धयमा रिता भुसाल र सौधन राई ,कोषाध्यक्षमा हेमन्त भट्टराई सहकोषाध्यमा राजेन्द्र राईलाई सर्वसम्मतले दोस्रो अधिवेशनले चयन गरेको थियो त्यसै गरी सदस्यहरुमा रामकुमार गिरी ,शिवनारायण चौधरी , प्रदिप  विष्ट , अस्मिता राउत, राजन दाहाल ,लक्ष्मी लिम्बु र भिक्टोर पौडेल रहेका छन ।

  पदस्थापन कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार दिलकुमार बन , केन्द्रिय सदस्य कविन्द्र मण्डल, प्रदेस उपाध्यक्ष ज्ञानेन्द्र दाहाल , इलाका प्रहरी कार्यालय इटहरीमा प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।