मोरगं ।  तिहारमा देउसी खेल्ने परम्परालाई जर्गेनाका साथै संरक्षण गर्ने उद्धेश्यले  नगेन्द्र दंगालले नजिकी रहेको तिहारमा सार्वजनिक गर्ने गरी देउसीभैलो गित ल्याउने भएका छन ।

    दंगालको शब्द,लय र स्वर रहेको देउसी गितको सुटिगं मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको घरमा छायाँकन गरि सम्पादनको क्रममा रहेको हो ।20211027_194041

  रोहित खनालको निर्देशन रहेको देउसी गितमा आर्दश बाल क्लवका कलाकारहरुका साथै सुनसरी र मोरगंका संचारकर्मीहरुले अभिनय नृत्य गरेका छन । रेवती निरौलाको संयोजन रहेको देउसी गितमा हास्य मसलाका रुपमा बालकुमार थेबेले अभियन गरेका छन भने घरमुलीका रुपमा घरधनी शैलेन्द्र श्रेष्ठ र परिवारको अभिनय रहेको छ । गितको छायाँकन पारस चौधरीले गरेको सो गित चाडैं नै युटुव मार्फत सार्वजनिक गरिने रचनाकार , गायक दंगालले जानकारी दिए ।20211027_194322 उनले तिहारका समयमा गाइने तथा खेलिने देउसीभैलो संरक्षणमा युवा पुस्तालाई संदेश पुर्याउने उद्धेश्यले समेत गित देउसी गित ल्याउन लागेको वताए ।