इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीको अध्यक्षमा दुर्गा बस्नेत सर्व सम्मत निर्वाचित भएका छन । बुधबार अवेर सम्पन्न अधिवेसनको भेलाले बस्नेतको अध्यक्षतामा ३३ जनाको जिल्ला कार्य समिति चयन गरेको हो । बस्नेत यस अघि पनि राप्रपाको अध्यक्ष रहेका थिए ।
पुर्व भुमिसुधार मन्त्री तथा वरिष्ठ नेता रामकुमार सुब्बाले सकृिय कार्यकर्ता जति नेताको पछि कुद्धा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टिको अवस्था दयनिय र भद्रगोल हुन पुगेको बताएका छन ।
राप्रपाको जिल्ला अधिवेसनलाइ सम्बोधन गर्दै पुर्व मन्त्री सुब्बाले यस्तो बताएका हुन ।उनले एक जुट हुनको सट्टा गुटबन्दी भएर नेता छान्न थालेपछि राप्रपा पार्टिनै धरापमा परेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री सुब्बाले गणतन्त्र स्थापना पछि मुलुक झन स्थिरता तर्फ धकेलिएको बताउदै संवैधानिक राजतन्त्र अबको आवस्यक्ता रहेको धारणा राखे ।
त्यस्तै आफ्नो पार्टिले सदैव मुलुकमा हिन्दु राष्ट्र कायम हुनुपर्छ भनेर वकालत गर्दै आएको र नेपाली जनताले समेत राजतन्त्र सहितको हिन्दु राज्यको चाहना राख्न थालिसकेको प्रस्ट पारे । अधिवेसनलाइ सम्बोधन गर्दै सुब्बाले अब नेताको पछि नकुदि पार्टिको पछि लाग्न र चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाइ सुझाव दिए ।
इनरूवास्थित निर्माण ब्यवसायीको सभाहलमा सम्पन्न कार्यक्रममा राप्रपाका प्रदेश एक संयोजक तथा केन्द्रिय सम्पादन समिति सदस्य राम थापा केन्द्रिय कार्य सम्पादन समिती सदस्य विश्वमोहन थापा ,केन्द्रीय कार्य सम्पादन समिति सदस्य हरिकृष्ण श्रेष्ठ , केन्द्रीय कार्य सम्पादन समिति सदस्य हसबुल मिया, केन्द्रीय सदस्य ईनु अधिकारी , केन्द्रीय सदस्य शंकर थापा गाँउले , केन्द्रीय सदस्य रामु पोखरेल जिल्ला निर्वाचन समितीका संयोजक लक्ष्मण निरौला र सदस्य अवद बिहारी साह , सदस्य अर्जुन कुमार थापा एवं केन्द्रीय परिवेक्षक बासुदेव भट्टराई र मिना सुवेदी भण्डारीको उपस्थिति रहेको थियाे ।
राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीको अध्यक्षमा दुर्गा बस्नेत सर्व सम्मत निर्वाचित भएका छन । बुधबार अवेर सम्पन्न अधिवेसनको भेलाले बस्नेतको अध्यक्षतामा ३३ जनाको जिल्ला कार्य समिति चयन गरेको हो । बस्नेत यस अघि पनि राप्रपाको अध्यक्ष रहेका थिए ।




















