इटहरी । गत बुधबार वर्षा संगै अाएकाे बाढिले बेपत्ता बनाएकाे इटहरी ७ निवासी ३१ वर्षीय कैलाश मण्डलकाे शव शुक्रबार बिहान स्थानीय खाेलामा भेटिएकाे छ ।

खाेलामा अाएकाे बाढी अवलाेकलन गर्न निस्किएका मण्डल बुधबार साझ देखि नै बेपत्ता बनेका थिए ।उनकाे खाेजि गर्ने क्रममा घर छेउकै स्थानीय खेती खाेलामा शुक्रबार शव भेटिएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।