इटहरी । सोमबार राती देखि परेको अविरल वर्षाका कारण प्रदेश एकको बिभिन्न जिल्लाहरु डुबानमा परेको बेला सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालय पनी प्रत्यक्ष प्रभावित बनेको छ ।
वर्षाका कारण स्थानीय खोला तथा पैनीमा आएको बाढिले कृषि अनुशन्धान अन्तरगत बिभिन्न बालि तथा पशुपन्छी लगायत माछा पोखरीमा पनि क्षती पुगेको छ ।
अनुसन्धान भित्रकै धानखेतिमा पानी पसेपछि पाकिसकेको हर्दिनाथ १ प्रजातिको धान नस्ट भएको छ भने ।
२५ हेक्टर मध्ये १० हेक्टरमा लगाइएको बिभिन्न प्रजातिका धान खेतिमा बाढि पसेपछि पुर्ण रुपमा क्षति पुगेको छ ।
त्यस्तै कृषकहरुकोलागि उत्पादन गरिदै गरेको हर्दिनाथ प्रजातिको धानको बिउमा पनि क्षती पुर्याएको अनुसन्धान निर्देशनालय तरहराका बरिष्ठ बैज्ञानिक सन्तोष त्रिपाठीले बताए । 
त्यसैगरी अविरल वर्षा संगै आएको बाढिले अनुशन्धान भित्रकै १२ वटा माछापोखरी मध्ये ५ वटामा र्पुण क्षती पुगेको छ भने ७ वटामा आशिंक क्षती पुगेको छ ।
पोखरीमा रहेका रहु र भ्याकुर जातका ८ लाख भुराहरु बगाएको छ त्यस्तै एडभान्स फिगर ललगायत अन्य जातका १सय ५० देखि २सय ग्रामका २ लाख २५ हजार बढि माछाका भुराहरु बगाएको छ । त्यस्तै पोखरी भित्रै रहेका माउ माछा , ग्रासकार्क , भ्याकुर , कमन जातका ५सय केजि बढी बगाएको उक्त कार्यालयले जनाएको छ । 
त्यस्तै बिक्रीकालागि तयारी बनाइएको एक टन भन्दा बढि माछाहरु बाढिले बगाउदा २६ लाख १५ हजार बराबर क्षती भएको अनुसन्धानका बरिष्ठ बैज्ञानिक त्रिपाठीले जानकारी दिए । 
पोखरीबाट माछा बगाएको सुचना पाएपछि पोखरी बाहिर माछा मार्ने सर्वसाधरणको घुइचो लागेको थियो ।




















