इटहरी । दशैंका समयमा शक्ति स्वरुपादेवीहरुको पुजाआजा गरि मनाउने गरिन्छ । प्रदेस नम्बर १मा रहेका विभिन्न शक्ति स्वरुपादेवीहरुका मठमन्दिरमा समेत वडा दशैं अन्तर्गत घटस्थापना देखि नैरथा भरी विषेश पुजा अर्चना गर्ने गरिन्छ ।
पुर्वका विभिन्न जिल्लामा रहेका शक्तीपिठहरु मध्ये सुनसरीको धरान विजयपुरमा रहेको दन्तकाली मन्दीरमा पनि दशैंका अवसरमा विशेष पुजाआजा हुने गरेको छ ।
अन्य समयमा भन्दा दशैंको समयमा वढी भक्तजनहरुको भिड हुने गरेको छ । महादेवकी पत्नी सतीदेवीको दन्त पतन भएको ठाँउका रुपमा हिन्दु धर्मालम्वीहरुले दन्तकालीलाई पुज्ने गरेका छन । सतीदेवीले आत्मदाह गरेपछि विरक्तीएका महादेवले मत्यलोकमा सतीदेवीको मृत शरिर लिएर हीड्ने क्रममा सुनसरीको विजयपुर क्षेत्रमा आइपुग्दा सतीदेवीको दाँत झरेको मिथकका आधारमा हिन्दु धर्मालम्वीहरुले यो क्षेत्रलाई पावन भुमीका रुपमा पुजा गर्ने गर्दछन ।
दन्तकाली मन्दिरमा बली समेत चढउने गरिन्छ । अन्य समयको तुलनामा दन्तकालीमा वडा दशैको अन्र्तगत अष्ठमीका दिन विशेष पुजाअर्चनाका साथै ठुलो संख्यामा बली चढाउने गरिन्छ । आफुले चिताएको पुर्रयाई दिने विश्वासका साथ भाकल गर्नेहरु दशैको अष्ठमीका दिन बल चढाउन आउने गर्दछन । दन्तकाली मन्दिरको पुजा अर्चना र बली चढाउन आएकाहरु सतीदेवीसंग जोडिएको मिथकका आधारमा आफुहरुको पावन तिर्थ स्थल भएको वताउछन । टाढाटाढा देखि भक्तजनहरु पुजाका लागि आउने गरेको मन्दिरका पुजारी वताउछन । दन्तकाली मन्दीरमा नेपालका विभिन्न ठाँउका साथै छिमेकी मुलुक भारतवाट समेत भक्तजनहरु पुजाआजा र दर्सनका लागि आउने गरेका छन ।
ऐतिहासीक महत्व वोकेको विजयपुर क्षेत्रमा विभिन्न प्रसिद्ध मन्दीरहरु रहेका छन । त्यस मध्ये दन्तकाली पनि एक महत्वपुर्ण मन्दीर हो । दन्तकालीमा दशैंको अवसरमा नौरथा भरिनै भक्तजनहरुको भिड लाग्ने गरेको छ । अन्य समयमा पनि भक्तजनहरु दन्तकालीमा पुजा आजाका लागि आउने गर्दछन ।




















