इटहरी । विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीको आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा कस्तुरी कलेज इटहरीकी शैली बजगाई प्रथम भएकी छन ।
मैले चाहेको परिवर्तन शिर्षकमा नेपाली र अग्रेजी भाषामा निबन्ध लेख्न पाउने गरी आयोजना गरिएको प्रतियोगितामा बजगाई प्रथम भएकी हुन ।
प्लस टु देखि मास्टर डिग्री सम्मका विद्यार्थीहरुको सहभागितामा प्रतियोगिताको द्धितिय पुर्वाञ्चल कलेजकी अस्मीता दाहाल तेस्रो कस्तुरी कलेजकी अम्बीका थापा वन्न सफल भएका छन । त्यसै गरी शिशुमा सापकोटा र श्रृजना सागर बरालले शान्त्वना पुरस्कार हात पारे ।
पिसजोन आवासिय माविका प्रिन्सीपल केवश भट्टराईको संयोजन रहेको प्रतियोगितामा धरान , इटहरी,विराटनगर र दमकका ६४जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको निर्णायकमा नेपाली तर्फ प्रा.डा.टंक न्यौपाने र अग्रेजी तर्फ सुकुना वहुमुखी क्याम्पसका गुणराज नेपाल रहेका थिए प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई नगद २०हजार शिल्ड प्रमाण पत्र ,दोस्रो हुनेलाई १२हजार नगद शिल्ड प्रमाण पत्र र तेस्रो हुनेलाई ८ हजार नगद र प्रमाण पत्र र शान्त्वना हुने विद्यार्थीहरुलाई नगद २ हजार प्रदान गरियो । पुरस्कार वितरण कार्यक्रम रोटरी क्वल अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षतामा भएको थियो ।




















